मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो



2021-10-12    Samachar Sadhai

२६ असोज, सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

कालिका ड्युलक्सको गाडी नेपालगन्जबाट सुर्खेत हुँदै मुगु जाँदै थियो। तर सिट क्षमताभन्दा बढी नै यात्रु रहेको प्रहरी निरीक्षक लामिछानेले बताए। मृत्यु हुनेहरूको सनाखत पनि हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तर अधिकांस छायानाथ रारा नगरपालिकाकै बासिन्दा नै हुनसक्ने आशंका गरिएको छ। नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने छ ।अरू विवरणहरू संकलन गर्ने काम प्रहरीले भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगु, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको उद्दारमा खटिएका छन्। ‍