2021-11-04 Samachar Sadhai
वीरगञ्ज, १८ कात्तिक (रासस) :
नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा
स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि
बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात्
पुनः सञ्चालनमा आएको हो ।
महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार
गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै
आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको
हो । घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८÷०७९ मा रु ५० लाख बजेटसमेत
विनियोजन गरेको जनाइएको छ ।
वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर
प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही
घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।
–––