2021-11-04 Samachar Sadhai
काठमाडौँ, १८ कात्तिक (रासस) ः
नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग
प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल
तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश
हमाललाई जिम्मा दिइएको छ ।
यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु
यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा
भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही हुनुहुन्छ । डा वेदुराम भुसाल
प्रमुख रहनुभएको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला हुनुहुन्छ
।
यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी
सदस्य हुनुहुन्छ । शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख
हुनुहुन्छ । सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर
र सरोज खतिवडा सदस्य हुनुहुन्छ । पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ
। विभागमा नेता तुलाधर नै प्रमुख हुनुहुन्छ । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु
थापा र विष्णु तिमिल्सना सदस्य हुनुहुन्छ ।
गोविन्द कोइराला प्रमुख रहनुभएको सहकारी
विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं हुनुहुन्छ । सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद
जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान हुनुहुन्छ । बुधबार सम्पन्न केन्द्रीय
सचिवालयको बैठकबारे आज जानकारी दिँदै नेकपा(एस)ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी
बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा
मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा
मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा
केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुुपर्नेमा जोड दिइएको छ ।
पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक
समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा
तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ । यही कात्तिक २७
र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा
लेखिएका लाखौँ स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले
गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले
पु¥याएको क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाडौँ उपत्यकामा खानेपानीको
आपूर्ति गर्न सरकारलाई बैठकले आग्रह गरेको छ ।
–––
Popular News