महाधिवेशनले उच्च समझदारीमा नेतृत्व चयन गर्ने



2021-11-04    Samachar Sadhai

काठमाडौँ, १८ कात्तिक (रासस) ः   
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझादारीसहित नेतृत्व चयन गर्ने जनाउनुभएको छ ।    
    
 सो पार्टीको नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा आज आयोजना गरेको देउसीभैलो कार्यक्रममा उहाँले महाधिवेशनले विश्वलाई नेपालको सन्दर्भको माक्र्सवाद मानिने जनताको बहुदलीय जनवादलाई मौलिकताका साथ कार्यान्वयनको स्पष्ट सन्देश दिने जनाउनुभयो ।    
    
 उहाँले गत असोजमा भएको पार्टीको विधान महाधिवेशनले दक्षिणपन्थी उग्रवादबाट बच्दै अग्रगामी रुपान्तरणका लागि सर्वसम्मतरुपमा दस्तावेज पारित गर्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै नुवाकोट जिल्लाका नेता कार्यकर्ताले पार्टी एकतालाई ध्यानमा राखेर काम गरिरहेकामा प्रशंसा गर्नुभयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको छ ।    
–––