आगलागीबाट रु एक करोड ५० लाख बराबर क्षति



2021-11-05    Samachar Sadhai

     
    उदयपुर, १९ कात्तिक (रासस) ः   
जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ ।    
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारीदिनुभयो ।–––