2021-11-12 Samachar Sadhai
काठमाडौँ, २६ कात्तिक (रासस) :
नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो
र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा
पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गर्नुभएको हो ।
‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको
अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा
गैँडाले पार्टीको झण्डा बोकेको छ । एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म
चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको
छ ।
–––
Popular News